• २०८१ बैशाख २६ बुधबार

उपप्रधानमन्त्री महराले भने-‘सरकारमै छौ, पार्टीले फिर्ता बोलाए जान्छौ’

kharibot

 काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकार छोड्ने बारे स्पष्ट जवाफ दिएनन् ।  

मंगलबार अपरान्ह परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मलेनको आयोजना गर्दै महराले देउवा सरकारलाई आफ्नो पार्टीको समर्थन यथावतै रहेको बताएका छन् । 

सरकार छाड्ने वा नछाड्ने भन्नेमा महराको अस्पस्ट रुपमा प्रस्तुत भएका महराले पार्टीले फिर्ता बोलाए मात्र फिर्ता हुने बताए । उनले उल्टै सरकारलाई द्दिएको सर्मथन फिर्ता नलिएको बताएर सबैलाई आश्चर्यमा पारेका थिए ।

उनले आफ्नो कार्यकालमा कुटनीतिक सफलता हासिल भएको र ठोस कार्ययोजनाले नै संयुक्त राष्ट्रसँग मानव अधिकार परिषदमा सदस्यमा निर्वाचन हुन् सकेको बताए ।

यसैबीच मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णयमा पुगेको भए पनि औपचारिक निर्णय भने अझै लिइएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै