काठमाडौँ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एनएमबि बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एनएमबि बैंक बिच भएको सम्झौतापत्रमा एनबीआईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
यस सम्झौता अनुसार एनएमबि बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।
उक्त सम्भौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।