काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसी तेस्रो पटक पिता बन्दै छन् ।
मेसी र उनकी श्रीमती एन्टोनेला रोकुजुले सामाजिक सञ्जाल मार्फत सो कुराको घोषणा गरेका हुन् । बच्चा देखिकै साथी मेसी र एन्टोनेलाले तीन महिना अघि विवाह गरेका थिए ।
अर्जेन्टिनाको मदर्स डेका दिन दुबैले आफुहरुको तेस्रो सन्तान आउन लागेको जानकारी दिएका हुन् । हाल मेसी र एन्टोनेलाका थियागो र माटेओ क्रमश चार र तीन बर्षका दुई छोरा छन् ।
हालै अर्जेन्टिनालाई अन्तिम खेलमा ह्याट्रिक गर्दै विश्वकपमा पुर्याएका मेसी आफ्नो क्लब बार्सिलोनामा फर्किसकेका छन् ।