काठमाडौँ । गत भदौं १९ गते राजधानीमा पक्राउ परेको ८८ केजी अवैध सुन तस्करीको प्रमुख नाइके रहेको भन्दै प्रहरीले रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ ।
नेपाल–केरुङ व्यापार संघका अध्यक्ष समेत रहेको तामाङलाई महानगरिय अपराध महाशाखाको टोलीले आज स्वयम्भु क्षेत्रबाट पक्राउ गरेको हो ।
तामाङ आगामी प्रनिनिधि सभाको लागि कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा सिफारिसमा परेका व्यक्ति हुन् । प्रहरीले चिनियाँ नागरिकले नेपाल सून भित्र्याउने प्रमुख माध्यम तामाङ रहेको दाबी गरेको छ ।
प्रहरीले यसअघि उक्त सुन तस्करीसँग सम्बन्धित भएको भन्दै केही सून व्यवसायी पक्राउ गरिसकेको छ ।