• २०८१ बैशाख १५ शनिबार

डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गरिने

kharibot

काठमाडौँ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने तयारी गरेको छ । महाशाखाका निर्देशक डा भीम आचार्यले बाहिर हल्ला भएको जस्तो कीट अभाव नभएको बताए ।

उनले भने, “निकै धेरै होइन, केही मात्रामा अभाव भएको छ, हामीले आपूर्तिमा पाँच÷पाँच हजार स्क्रबटाइफस पत्ता लगाउने कीट खरिदका लागि पत्राचार गरिसकेका छौँ, प्रक्रिया शुरु भइसकेको छ ।” अघिल्लो वर्ष चार जनाको ज्यान लिएको डेंगु यो वर्ष दुई हजार २२ जनामा देखिएको छ । महाशाखाका अनुसार जनवरीदेखि हालसम्म १७ जिल्लामा देखिएकामा सर्लाही, महोत्तरी, धादिङ र चितवनमा सबैभन्दा बढी संक्रमित देखिएका छन् ।

गत वर्षभन्दा धेरै संक्रमित भए पनि कसैको मृत्यु नभएको निर्देशक आचार्यले बताए । गत वर्ष एक हजार ५०० व्यक्तिमा डेंगु देखिएको थियो । पानी परेन भने डेंगुका बिरामी घट्ने निर्देशक आचार्यले बताए । उनले अब बढीमा १०० जनासम्म बिरामी देखिनसक्ने अनुमान गरे । यसका कारण यो वर्ष नौ जनाको मृत्यु भएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै