• २०८१ बैशाख १८ मंगलबार

विदेशमा रहेको नेपालीहरुको सहयोगमा  बाराका बाढी पिडितलाई राहत वितरण

kharibot

बारा । ईजरायलमा रहेका नेपाली भाषी एवंम् नेपालीहरुको आर्थिक सहयोगमा आज बाराको भलुहीका बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ ।

साउन अन्तिम साता परेको भिषण वर्षासँगै आएको बाढिले पूर्ण क्षति पुर्याएको जीतपुरसिमरा उपमहानगरपालिका २३ का दलित बस्ती डुबानमा पर्नुका साथै घरमा समेत क्षति पुगेको थियो । राहत वितरणका लागि टोली आज दलित बस्तीमा पुगेर राहत बाँडेको हो । 

बाढीपीडित परिवारलाई झुल, चामल, दाल, नुन, तेल, तन्दा लगायतका सामाग्रीसहितको प्याकेज वितरण गरिएको छ । प्रतिपरिवार झण्डै तीन हजार रुपैयाँको राहत प्याकेज १०० घरपरिवारलाई हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक ईश्वर केसीले जानकारी दिए । 

राहत वितरण कार्यक्रममा बोल्दै केसीले घरवार गुमाएका दाजुभाइ दिदीबहिनीको पीडामा सानो मल्हम मात्रै लगाएको बताए । घर र परिवारका सदस्य गुमाएको पीडामा रहेका दाजुभाइ दिदीबहिनीका लागि यो ठूलो सहयोग हैन, केसीले भने तर हामीले बिदेशमा रहेका नेपाली एवं नेपाली भाषी दाजुभाईहरुसँग सहकार्य गरी ल्याएको राहतले केही मात्रामा भएपनि पिडितहरुको घाउमा मल्हम लगाएका छौं । 

राहत वितरण कार्यक्रममा २३ नम्वर वडाका वडाअध्यक्ष असलम अन्सारीले राहत वितरणका लागि आफ्नो वडाको दलित बस्ती छनौट गरी राहत वितरण गर्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्ता सहयोगी हातहरुको अपेक्षा राखेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै