काठमाडौं । डीआईजी नवराज सिलवाल नेकपा एमाले प्रवेश गर्दै छन् । आज काठमाडौंमा विशेष कार्यक्रम गरी उनी नेकपा एमालेमा प्रवेश गर्न लागेको बताइएको छ ।
आफू प्रहरी महानिरीक्षक हुन पाउनुपर्ने जिकीर गर्दै सर्वोच्चमा दिएको निवेदन पनि आफ्नो पक्षमा फैसला नभएपछि उनले डीआईजीबाट राजीनामा दिएका थिए ।
प्रहरी स्रोतका अनुसार डिआइजी सिलवालको राजिनामा अझै स्वीकृत भएको छैन ।
काठमाडौंको एक पार्टी प्यालेसमा हुने कार्यक्रममा उनी एमालेमा प्रवेश गर्न लागेका छन् । यसअघि सिलवालले दशैंको टीका पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट लगाएका थिए ।