साहित्यतर्फको नोबेल पुरस्कार जापानीमुलका ब्रिटिश उपन्यासकार कजुओ इशिगुरोलाई  

खरीबोट

ब्रिटिश उपन्यासकार कजुओ इशिगुरो

काठमाडौँ ।  यस बर्षको साहित्य तर्फको नोबेल पुरस्कार ब्रिटिश उपन्यासकार कजुओ इशिगुरोले पाएका छन् । नोबेल पुरस्कार वितरण समितिले आज साहित्य तर्फको नोबेल पुरस्कारको घोषणा गरेको हो । 

जापानमा जन्मिएका ६२ बर्षिय उपन्यासकार इशिगुरो द बरीड जाइन्ट, नेभर लेट मी गो, होएन वि वोयेर अर्फान, द अनकन्सोल्ड, द रिमेन्स अफ द डे, जस्ता चर्चित उपन्यास लेखेका छन् ।

इशिगुरोले उपन्यासका अलावा स्क्रिन प्ले र साना कथाहरुपनि लेखेका छन् । उनका तीन किताबलाई फिल्म समेत बनाइएको छ ।

इशिगुरोलाई टाइम म्यागजिनले सन् २००८ मा ब्रिटेनका उत्कृष्ट ५० लेखकको सुचिमा राखेको थियो ।उनको किताब द रिमेन्स अफ द डे ले सन् १९८९ मा बुकर प्राइज पनि जितेको थियो ।   
 

सम्बन्धित समाचार

अर्थशास्त्रर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक थालरलाई

स्टकहोम, स्वीडेन ।  अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।  अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको

यस बर्षको नोबेल शान्ति पुरस्कार परमाणु हतियार निर्मुल गर्ने अभियानको संस्था आइक्यानले पायो 

काठमाडौँ । यस बर्षको नोबेल शान्ति पुरस्कार गैरसरकारी संस्था 'अन्तर्राष्टिय क्याम्पियन टु एबोलिस न्युक्लियर विपन (आइक्यान)' लाई प्रदान गरिएको छ ।  विश्वबाट परमाणु हतियार नष्ट गर्ने उद्धेश्यबाट संचालन गरिएको गैरसरकारी संस्था आइक्यानलाई

साहित्यतर्फको नोबेल पुरस्कार जापानीमुलका ब्रिटिश उपन्यासकार कजुओ इशिगुरोलाई  

काठमाडौँ ।  यस बर्षको साहित्य तर्फको नोबेल पुरस्कार ब्रिटिश उपन्यासकार कजुओ इशिगुरोले पाएका छन् । नोबेल पुरस्कार वितरण समितिले आज साहित्य तर्फको नोबेल पुरस्कारको घोषणा गरेको हो ।  जापानमा जन्मिएका ६२

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान

काठमाडौँ ।  यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार पनि ३ जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । जैविक अणुहरुको चित्र हेर्न मिल्ने प्रविधिको विकास गरेबापत यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार स्वीस वैज्ञानिक