• २०८१ बैशाख १४ शुक्रबार

रणवीर कपुरले कंगनालाई प्रेम प्रस्ताव राखेको खुलासा

kharibot

मुम्बई । बलिवुडकी नायिका कंगना रनावत र ऋतिक रोशन प्रकरणमा नया मोड आएको छ । अभिनेता रणवीर कपुरले प्रेम प्रस्ताव राखेको इमेल सार्वजिक भएको छ ।

इमेलमा कंगना र रणवीर कपुरबीचको सम्बन्धको पनि खुलासा भएको छ । कंगनाले ऋतिकलाई लेखेको सो इमेलमा कंगनाले रणवीर कपुरले क्विन फिल्मको रिलिज पछि आफुलाई पछ्याएको उल्लेख गरेकी छन् ।

कंगनाले इमेलमा आफु अरु कसैसंग प्रेममा भएको रणवीरलाई बताएको उल्लेख गरेकी छन् । सो लिक इमेललाई आधार बनाएर भारतीय मिडियाले कंगना र रणवीरबीच शारीरिक सम्बन्ध भएको समेत दाबी गरेका छन् । 

इमेलमा कंगनाले आफु न्युयोर्क हुँदा रणवीरले म्यासेज पठाएर न्युयोर्कको बारेमा सोधेको उल्लेख गर्दै त्यसको जवाफमा आफुले म् सँग शारीरिक सम्बन्ध राख्न इच्छुक हो भनेर सोधेको उल्लेख गरेकी छन् । कंगनाको जवाफमा रणवीरले किन नियमित सम्बन्ध नराख्ने भनेर सोधेको इमेलमा उल्लेख गरिएको छ ।

कंगनाले आफ्नो फिल्म सिमरनको प्रमोशनको दौरानमा मिडियामा अन्तर्वार्ता दिदै आफु र ऋतिकको सम्बन्धको बारेमा खुलारुपमा बताए पछि यी दुवै बिचको विवाद फेरी मिडियामा छाएको छ । ऋतिक र कंगना प्रकरणमा यो इमेल लिक पछि रणवीर कपुरको इन्ट्री भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै