• २०८१ बैशाख १३ बिहीबार

कंगनाको धाकड सुपर फ्लप, ओटीटी र स्याटेलाइट राइट पनि बिकेन

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनौतको फिल्म ‘धाकड’ बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ । करिब १०० करोडको बजेटमा बनेको यो फिल्मले ७ दिन अर्थात पहिलो हप्तामा ५ करोड पनि कमाउन सकेन । जसको प्रत्यक्ष असर फिल्मको ओटीटी र स्याटेलाइट अधिकारको सम्झौतामा परेको छ । रिपोर्टका अनुसार फिल्म सुपर फ्लप भएपछि अब यसको ओटीटी र स्याटेलाइट राइट्स पनि बिक्री हुन सकेको छैन । 

बलिउड हंगामाको रिपोर्ट अनुसार ‘धाकड’को बक्स अफिसमा खराब प्रदर्शनपछि यस फिल्मका धेरै शो रद्द भएका छन् । यस्तो अवस्थामा अब फिल्मका निर्मातालाई ओटीटीमा स्थान पाउन निकै संघर्ष गर्नुपरेको छ । कुनै पनि चलचित्रको ओटीटी र स्याटेलाइट अधिकार चलचित्र रिलिज हुनु अघि बेचिन्छ । निर्माताहरूले च्यानल वा ओटीटी प्लेटफर्ममा अधिकार बेचेर कमाईबाट राम्रो नाफा पाउँछन् । तर ‘धक्काड’ को हकमा त्यस्तो केही भएको छैन ।

निर्माताले कुनै पनि ठूला ओटीटी प्लेटफर्मबाट राम्रो डिल पाउँछन् भन्ने सोचेर फिल्म रिलिजअघि नै ‘धाकड’को अधिकार बिक्री गरेका थिएनन् । यही कारण थियो कि फिल्मको सुरुमा पनि ओटीटी र स्याटेलाइट सम्झौताको बारेमा निर्माताहरूले कुनै जानकारी दिएनन् । तर, अहिले फिल्म फ्लप भएपछि ओटीटी प्लेटफर्मले फिल्म किन्न इच्छा देखाएका छैनन् ।

‘धाकड’ बक्स अफिसमा फ्लप साबित भएपछिको अवस्थामा फिल्मको स्याटेलाइट र डिजिटल राइट्स बेचेर निर्माताले राम्रो आम्दानी गर्नेछन् भन्ने आशा गर्न सकिँदैन । यति मात्र होइन, फिल्मका निर्माताले ओटीटी र स्याटेलाइट अधिकारका लागि अहिलेसम्म कुनै सम्झौता गरेका छैनन् । ‘धाकड’ एउटा एडल्ट फिल्म भएको र टिभीमा देखाउनका लागि निर्माताले पुनः सर्टिफिकेट लिनुपर्ने पनि बताइएको छ, जुन निकै लामो प्रक्रिया हो । योसँगै फिल्मलाई लिएर फ्यान र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया आएको छैन ।

जि स्टुडियो मार्फत सिनेमाघरमा ‘धाकड’ वितरण गरिएको हो । फिल्मको ओटीटी र स्याटेलाइट राइट्स जी भर्टिकल, जी ५ र जी सिनेमाले किन्ने बजारमा चर्चा थियो । यद्यपि, जी फाइभ फिल्मको ओटीटी पार्टनर नभएको दाबी गरेको छ । निर्माताहरूले अमेजन प्राइम भिडियोको अधिकार बेच्न खोजिरहेका छन् । निर्माताको रणनीतिक गल्तीका कारण अब फिल्मको ओटीटी र स्याटेलाइट राइट्सको सम्झौता सस्तोमा हुनसक्ने बताइएको छ । तर, ‘धाकड’का निर्माताले अब कम मूल्यमा अधिकार मिलाउनुपर्ने भएको छ ।

यो फिल्म करिब १०० करोडको बजेटमा बनेको छ । यस अवस्थामा निर्मातालाई ठुलो घाटा हुने भएको हो । रजनीश घई निर्देशित यो एक्शन थ्रिलर फिल्म २० मे मा हलमा रिलिज भएको थियो ।

फिल्ममा कंगनाका अलावा अर्जुन रामपाल, दिव्या दत्त र शाश्वत चटर्जी पनि मुख्य भूमिकामा छन् । फिल्ममा कंगना एजेन्ट अग्निको भूमिकामा देखिएकी छिन् । ‘धाकड’ कंगनाको करियरकै सबैभन्दा ठूलो फ्लप फिल्म पनि बनेको छ । फिल्मले रिलिजको पहिलो दिन केबल ७५ लाखको मात्रै व्यापार गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै