• २०८१ बैशाख १४ शुक्रबार

ताजिकिस्तानविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

kharibot

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

आगामी असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि मूख्य प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टिम छनौट गरेका हुन् ।

यसअघि एन्फा मैदानमा भदौ २० गते भएको ताजिकिस्तानबिरुद्ध खेलेकै टोलीका अघिकांश खेलाडीले यस टिममा पनि स्थान बनाएका छन् । त्यस खेलमा नेपाल २-१ ले पराजित भएको थियो ।

नेपाली टोलीमा  गोलरक्षक बिशाल श्रेष्ठको स्थानमा एलन न्यौपानेलाई टिममा ल्याइएको छ । राजेन्द्र रावल डिफेण्डरको रुपमा टिममा आएका छन् ।

नेपाली टोलीका सदस्यहरुमा

गोलकिपर : किरणकुमार लिम्बु, एलन न्यौपाने र बिकेश कुथु

डिफेण्डरः बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल

मिडफिल्डरः सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, बिक्रम लामा, बिशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ

फरवार्ड :  बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अञ्जन विष्ट 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै