• २०८१ बैशाख २४ सोमबार

प्रधानमन्त्री ओलीद्वारा थ्री नेसन्स कप विजेता नेपाली फुटबल टोलीलाई नगद पुरस्कार प्रदान

kharibot

काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले  नगदसहित पुरस्कृत गरेका छन् ।

गत चैत्रमा सम्पन्न बंगलादेश, किर्गिस्तान र नेपालसहितको थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कृत गरेका हुन् ।

विजेता टोलीका २३ खेलाडी र ३ प्रशिक्षकलाई नगद पुरस्कारबाट सम्मानित गरिएको छ ।

नेपालले फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

सरकारले नेपाली टिमका हरेक सदस्यलाई ४-४ लाख नगद पुरस्कार दिएको छ भने प्रशिक्षकलाई सरकारले नगद २ लाख रुपैयाँ प्रदान गरेको छ ।

थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४-४ लाख दिने निर्णय गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै