• २०८१ बैशाख १४ शुक्रबार

सरकारसँगको सहमतिपछि डाक्टरहरु काममा फर्किए, यस्तो छ सहमति 

kharibot

काठमाडौं ।  अन्दोलनरत डाक्टरहरु र सरकारबीच चार बुँदे सहमति भएपछि डाक्टरहरु सुक्रबारदेखि भएको आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् ।

बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल चिकित्सक संघबिच सहमति भएपछि डाक्टरहरु काममा फर्किएका हुन् । 

डाक्टर तथा अस्पतालविरुद्ध आक्रमण तथा दुव्र्यवहार गर्नेमाथि कडा कारबाही गर्ने गरी कानून संशोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए । संघले स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीमाथि हुने गरेका दुव्र्यवहारमा संलग्नलाई धरौटीबिना जेल सजाय हुनुपर्ने माग गर्दै गएको शुक्रबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आन्दोलन गर्दै आएका थिए । 

सहमति अनुसार डाक्टरको लापरवाही पुष्टि भए कारबाहीका लागि संघले पनि सहयोग गर्ने भएको छ । यस्तै, चिकित्सक तथा स्वास्थ्यकर्मीको जिम्मेवारी, कार्यदक्षता र त्यसअनुसारको पारिश्रमिक र सुविधा निर्धारण गर्न एक हप्ताभित्र ५ सदस्यीय कार्यदल गठन गरेर १ महिनाभित्र प्रतिवेदन बुझाउने, ५ प्रतिशत स्वास्थ्य सेवा कर हटाउने विषय कार्यान्वयनका लागि अर्थ मन्त्रालय र योजना आयोगलाई पत्रचार गर्ने तथा स्वास्थ्यकर्मीको सेवा अवधि ६५ वर्ष पु¥याउने र स्वास्थ्य मन्त्रालयका सचिव चिकित्सक स्वास्थ्यकर्मी नै हुने व्यवस्था मिलाउने पनि सहमती भएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै