• २०८१ बैशाख १६ आइतबार

केएमसीका डाक्टरहरू आन्दोलनमा

kharibot

काठमाडौँ । काठमाडौं मेडिकल कलेज (केएमसी) ले आवासिय चिकित्सक डा. विशद दाहाललाई कारवाही गरेको विषयमा डाक्टरहरू आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं विश्वविद्यालयले आवासिय चिकित्सक डा. दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले उनलाई कलेजमा प्रवेश नदिएपछि अन्य आवासिय चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।

विरोधस्वरूप कलेज बाहिर डाक्टरहरूले निलम्बन फुकुवाको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

गत विहिबार कलेज प्रशासनले एक विज्ञप्ती मार्फत डा. दाहाललाई एक महिनाका लागि निलम्बन गरेको जनाएको थियो । तर, केयुले भने डा दाहालको निलम्बन स्थगन गर्दै ३ दिन भित्रमा कलेजको राय पेश गर्न भन्दै पत्रचार गरेको थियो । 

केएमसीले गत बिहीवार अस्पतालले स्वास्थ्य शिविरमा सहभागी नभएको कारण देखाउँदै दाहाललाई एक महिनाको लागि निलम्बन गरेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै