• २०८१ बैशाख १६ आइतबार

स्वास्थ्यमन्त्री भन्छन्- देशमा डाक्टर र नर्स नपाइने हो कि भन्ने चिन्ता छ

kharibot

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको चिकित्सा शिक्षा दिन प्रतिदिन कमजोर हुँदै गइरहेको बताएका छन् । 

आइतबार काठमाडौंमा नेपाल चिकित्सक संघद्वारा आयोजित ‘थर्ड एनएमए नेशनल हेल्थ समिट–२०२३’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले सोचेजस्तो काम गर्न नपाएका कारण नेपालको चिकित्सा शिक्षा दिन प्रतिदिन कमजोर हुँदै गएको बताए ।

अब ५ वर्षपछि देशमा डाक्टर र नर्स पाइने हो कि होइन भन्ने चिन्ताको विषय बनेको मन्त्री बस्नेतको भनाइ छ ।

उनले भने, ‘यो क्षेत्रमा तपाईंहरुले  चाहेको जस्तो काम गर्न पाउनुभएको छैन । मन मारेर हिँड्नु परेको छ । जसले गर्दा नेपालको चिकित्सा शिक्षा दिन प्रतिदिन कमजोर हुँदै गएको छ । अब ५ वर्षपछि यो देशमा डाक्टर र नर्स पाइने हो कि होइन भन्ने चिन्ताको विषय बनेको छ ।’

उनले नेपाल चिकित्सक संघलाई स्वास्थ्य क्षेत्रमा खेल्दै आएको भूमिका परिमार्जन गर्न आग्रह गदै मन्त्रालय र नेपाल सरकार जुन सुकै अवस्थामा पनि सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘नेपालको स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षा क्षेत्रमा तपाईंहरुले जुन भूमिका खेल्दै आइरहनु भएको छ, अझ यसमा परिमार्जित भएर अगाडि बढ्नुहोस् । सरकारले जुनसुकै अवस्थामा पनि तापाईंहरुको साथमा रहेर काम गर्ने छ ।’

मन्त्री बस्नेतले कुनै पनि अवस्थामा ६ महिना भित्रमा देशको स्वास्थ्य क्षेत्र, देशको चिकित्सा क्षेत्र र सेवालाई आश गर्न लायकको बनाउन जरुरी रहेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय