• २०८१ बैशाख १७ सोमबार

राष्ट्र बैंकले एक वर्षमा १४ हजार पाँच सय करोड आन्तरिक ऋण उठाउने 

काठमाडौ, नेपाल राष्ट्र बैकले आर्थिक बर्ष २०७४—०७५ मा कुल १४ हजार पाँच सय करोड रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ ।

राष्ट्र बैकले बिहिबार चालुु आर्थिक बर्षमा उठाईने आन्तरिक ऋणको तालिका सार्वजनिक बिकास ऋणपत्र, नागरिक बजच पत्र, ट्रेजरी बिल र बैदेशिक रोजगारी बचतपत्र समेत बिक्री गरी उक्त परिमाणमा रकम उठाउन लागेको हो । 

राष्ट्र बैकका अनुसार आव २०७४—०७५ मा छ हजार छ सय करोड रुपैयाँको टे«जरी बिल बिक्री गरिने छ । जसमध्ये चालुु आवको प्रथम त्रैमासमा १७ सय ५४ करोड, दोस्रो त्रैमासमा २७ सय ११ करोड, तेस्रो त्रैमासमा १८ सय ६३ करोड र चौथौ त्रैमासमा दुई सय ७१ करोड रुपैयाँ रहेको राष्ट्र बैकले जानकारी दिएको छ ।

बिकास ऋणपत्रतर्फ भने चालुु आवको पाँच बर्षे देखि १५ बर्षे अवधिसम्मको नौ वटा बिकास ऋणपत्र बिक्री गरिने छ । राष्ट्र बैकका अनुसार चालु आवमा सात हजार दुुई सय करोड रुपैयाँ बराबरको बिकास ऋणपत्र जारी हुने छ । जसमध्ये पहिलो त्रैमासमा एक हजार पाँच सय, दोस्रो त्रैमासमा एक हजार सात सय, तेस्रो त्रैमाससमा दुई हजार पाँच सय र चौथौ त्रैमाससमा एक हजार पाँच सय समेत गरी कुल सात हजार दुई सय करोड रुपैयाँ बराबरको ऋणपत्र बिकास गर्न लागिएको हो, राष्ट्र बैकले भनेको छ । 

नागरिक बचतपत्र तर्फ भने चालुु आवमा पाँच बर्षे अवधिको छ सय करोड रुपैयाँको बचत पत्र बिक्री गरिने छ । राष्ट्र बैकका अनुसार दोस्रो त्रैमासमा दुई सय करोड, तेस्रो त्रैमासमा दुई सय करोड र चौथौ त्रैमासमा पनि दुई सय करोड गरी छ सय करोड रुपैयाँको बचत पत्र बिक्री गरिने छ ।

बैदेशिक रोजागरी बचत पत्र तर्फ भने चालु आवको दोस्रो त्रैमासमा ५० करोड, तेस्रोमा २५ करोड र चौथौमा २५ करोड रुपैयाँ समेत गरी कुल एक सय करोड रुपैयाँको बेदेशिक रोजागर बचतपत्र बिक्री गरिने राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैकका अनुसार चालु आवमा कुल आन्तरिक ऋण मध्येमा सबै किसिमका उपकरण मार्फत चालु आवको पहिलो त्रैमासमा ३२ सय ५४ करोड, दोस्रो त्रैमासमा ४६ सय ५१ करोड, तेस्रो त्रैमासमा ४५ सय ८८ करोड र चौथौं त्रैमासमा १९ सय ९६ करोड गरी एक बर्षमा कुल १४ हजार पाँच सय करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै