• २०८१ बैशाख १७ सोमबार

बलिउड अभिनेता राजकुमार रावको फिल्म ‘न्यूटन’ ओस्कारमा

kharibot

मुम्बई ।  बलिउड अभिनेता राजकुमार रावको फिल्म ‘न्यूटन’को ओस्कार २०१८ मा प्रवेश पाएको छ ।  शुक्रबारबाट प्रदर्शनमा आएको राजकुमारको यो फिल्ममा राजकुमारका अलावा पंकज त्रिपाठी, अञ्जली पाटिल, रघुबीर यादव, दानिश हुसैन र संजय मिश्राको अभिनय रहेको छ । 

ओस्करमा ‘न्यूटन’को भिडन्त स्वीडनको फिल्म 'द स्क्वायर', जर्मनीको 'इन द फेड', कम्बोडियाको 'फर्स्ट दे किल्ड माई फादर', पाकिस्तानको 'सावन'सँग हुनेछ । 

९०औं एकेडेमी अर्वाड्सको आयोजना आगामी ४ मार्च २०१८ मा हुँदैछ । उत्कृष्ट रिभ्यू मिलेको फिल्ममा राजकुमार राव एक यस्तो यूवकको निर्वाहा गरेका छन्, जो  आदर्शवादी व्यक्ति हुन् र आफ्नो राम्रो व्यवहारबाट समाजलाई बदल्न चाहन्छन् ।  

यो फिल्मका निर्देशक अमित वी. मसूरकर हुन् । फिल्म हेरेपछि अमिताभ बच्चनदेखि आलिया भट्टसम्मले अभिनेता राजकुमारको अभिनयको तारिफ गरेका छन् । 

अमिताभ बच्चनले त ट्विट गर्दै ‘न्यूटन’ले समाजको आँखा खोल्ने भन्दै सबैलाई हेर्न आग्रह गरेका छन् । राजकुमार रावले यसभन्दा अगाडि फिल्म 'ट्रेप्ड', 'बरेली की बर्फी'मा आफ्नो अभिनयबाट दर्शकको मन जितिसकेका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै