काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एथलेटिको म्याड्रिडले सेभिल्लालाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा एथलेटिको म्याड्रिडले सेभिल्ला २-० गोल अन्तरले पराजित गरेको हो । एथलेटिकोका लागि काररसको, र ग्रीजम्यानले गोल गरेका थिए ।
पहिलो हाफ विना कुनै गोल बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुमै एथलेटिकोका काररसकोले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६९औ मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै एथलेटिकोलाई २-० को अग्रता दिलाएका थिए ।