• २०८१ बैशाख १५ शनिबार

धुर्मुस–सुन्तली फाउण्डेशनद्धारा रौतहटमा ‘एकिकृत नमुना बस्ती’ शिलान्यास

kharibot

हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागि एकिकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन् । चन्द्रपुर नगरपालीका ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागि धुर्मुस सुन्तली फाउण्डेशनको चौथो परियोजनाअन्तर्गतको ‘एकिकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो ।

आज बिहान ९ बजे सिताराम कट्टेल (धुर्मुस्), कुञ्जना घिमिरे (सुन्तली)को साथमा बस्तीकै १०७ बर्षिय रामकलिया देवी हजाराले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । फाउण्डेशनसका अध्यक्ष सितारामकाअनुसार बस्ती आज असोज ४  गतेबाट शुरु भएर आउँदो माघ २४ गते बिहान ९ बजे हस्तान्तरण गरिने भएको छ ।

केहि समय अघि गएको बाढीका कारण रौतहटका अधिकांश ठाउँ डुबानमा परेको र सन्तपुर गाउँ बाढीबाट पीडित र समुदाय पनि पिछडिएको कारण यसै ठाउँमा बस्ती निर्माण गर्न लागिएको धुर्मुसले जानकारी दिए । कार्यक्रममा बस्ती निर्माणका लागि ५ करोड ७५ लाख रुपैयाँ लागत लाग्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

परियोजनाअन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर १ वटा, सामुदायिक भवन १ वटा, म्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक शौचालय १ वटा साथै कम्पाउण्डसहितको भुकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुने यस परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए । यस सन्तपुर गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजाम जातीका मानिस बसोबास गर्दै आएकाछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय