• २०८१ बैशाख २० बिहीबार

विमलेन्द्र निधि स्वस्थ्य, चुनावी अभियानमा पुनः सक्रिय 

kharibot

जनकपुरधाम(धनुषा) । प्रदेश नं २ को उम्मेदवारी दर्ताको समयदेखि नै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि जनकपुरलाई केन्द्र बनाएर कांग्रेसका उम्मेद्वारहरुलाई विजयी लागिरहेका छन् ।

बढ्दो गर्मीमा निरन्तर खटिरहेका निधि विहिबार बिहान पार्टीले जनकपुरमा निकालेको रोड शो (सडक प्रदर्शन) मा पनि सक्रिय भैरहेका बेला नगररिक्रमापछि जनक चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्ने क्रममा निधि अचानक बेहोस भएका थिए । निधि बेहोस भएपछि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

केही दिन पूर्व उपचार गरेर स्थानीय चुनावमा होमिएका निधि डिहाइड्रेसनका कारण वेहोस भएको जनकपुर अञ्चल अस्पतालका चिकित्सकहरुले बताएका छन् । 

बिहिबार केही बेर अस्पतालमा उपचार गराएर उनी  घरफर्किएका थिए  । उपचारपछि घर फर्किएका नेता निधि छोेटो  विश्रामपछि पुनः चुनावी अभियानमा सक्रिय भएका छन् ।

उपचारपछि बिहिबार नै निधिले पार्टीका कार्यकर्ता, स्थानीय वुद्धिजीवी र विभिन्न क्षेत्रकार तदातासँग भेट गरी अन्तरक्रिया गरेका छन् ।

हाल निर्वाचन प्रचारमा खटिएका निधिले भने , “म स्वस्थ्य छु र चुनावी अभियानमा सक्रिय छु । लगातारको खटाईले थकान भएको हो अरु केही भएको होइन ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै