• २०८१ बैशाख १७ सोमबार

नेप्से ९ अंक बढ्यो, एक अर्बको सेयर किनबेच 

kharibot

सोमबार नेप्से सूचक नौ दशमलव ४१ अंकले बढेको छ । कुल सात समूहको कारोबार भएको दिन नेप्से परिसूचक उक्त अंकले बढेसँगै सेयरबजारमा अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । 

आज बीमा समूहबाहेक अरु सबैको कारोबार हरियो छ । बीमाको कारोबार पाँच दशमलव २१ अंकले घटेको हो । कारोबार हरियो रहेकामध्ये वाणिज्य बैंकको ६.७८, होटल १६१.२८, विकास बैंक ५.०४, ऊर्जा ३१.१२, फाइनान्स १०.९ र उत्पादनको कारोबार ४६.०४ अंकले बढेको छ । त्यस्तै अन्य समूहको कारोबार पनि पाँच दशमलव दुई अंकले बढेको छ । 

नेप्सेका अनुसार आज १६ लाख ४८ हजार कित्ता सेयर किनबेच भएका छन् । कुल १ सय ५५ कम्पनीको उक्त परिमाणको सेयर किनबेचमा नौ हजार पटक ट्रान्ज्याक्सन भएको थियो । यस्तै, आज सेन्सिटिभ पनि एक दशमलव पाँच अंकले बढेको छ । आज सेयरबजारमा कुल एक अर्ब चार करोडको सेयर खरिदबिक्री भएको छ । नौ अंकले बढेपछि बजार सूचक १६ सय ५२ दशमलव ६९ अंकमा नेप्से आइपुगेको छ । आज होटल, ऊर्जा र उत्पादन समूहका कम्पनीको कारोबार बढेको नेप्सेले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै