• २०८१ बैशाख १७ सोमबार

रोनाल्डो, सलाह र मोड्रीच युरोपको उत्कृष्ट फुटबलरको मनोनयनमा, मेसी र नेइमार परेनन्  

kharibot

काठमाडौँ ।  यस बर्षको युरोपको उत्कृष्ट पुरुष फुटबलरका लागि उत्कृष्ट तीन खेलाडी मनोनयन सार्वजनिक गरिएको छ।  युरोपियन फुटबल फेडेरेशनले सार्वजनिक गरेको तीन खेलाडीको सुचिमा क्रिस्टियानो रोनाल्डो मोहमद सलाह र लुका मोड्रीच रहेका छन्। तर यस सुचिमा लियोनेल मेसी, नेइमार,एन्टोनी ग्रीजम्यान जस्ता खेलाडी भने परेका छैनन्।

अन्तिम तीन खेलाडीको सुची च्याम्पियन्स लिग र युरोपालिगको समुह चरणमा छनौट भएका ८० क्लबका म्यानेजरहरु र युरोपियन खेलकुद मिडिया समुहले छानेका ५० खेल पत्रकारले गोप्य मतबाट छानेका थिए। म्यानेजर र पत्रकारहरुले पहिलोलाई ५ दोस्रोलाई ३ र तेस्रो स्थानको खेलाडीलाई एक अंक दिएका थिए।   

रोनाल्डोले रियल म्याड्रिड छोडेर इटालियन क्लब युभेन्टस पुगेका रोनाल्डोले च्याम्पियन्स लिगमा १३ खेलमा १५ गोल गरेका छन् र उनले रियल उनले रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए।  त्यस्तै रोनाल्डोले गत सिजनको ला लिगामा रियल म्याड्रिडबाट २७ खेलमा २६ गोल गरेका थिए। त्यस्तै उनले क्लब विश्वकपमा २ गोल पनि गरेका थिए। 

त्यस्तै मोहमद सलाहले लिभरपुलका लागि गत सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई पुर्याएका थिए। सलाहले च्याम्पियन्स लिगमा ११ गोल गरेका थिए गत सिजनमा लिभरपुलका लागि ४४ गोल गरेका थिए। सलाह गत सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडीको उपाधि पनि जितेका थिए। 

त्यस्तै उत्कृष्ट तीनमा पर्न सफल मोड्रीचले रियल म्याड्रिडको च्याम्पियन्स लिग जितमा महत्वपूर्ण भूमिका रहेको थियो। उनले फाइनलमा लिभरपुलसँग ३-१ को जितमा महत्वपूर्ण भूमिका निभाएका थिए। 

यी तीन खेलाडीबाट यसबर्षको युरोपको उत्कृष्ट फुटबलरको घोषणा आगामी अगस्ट ३० मा च्याम्पियन्स लिगको ड्र का बेला गरिने युइएफएले जनाएको छ। 

त्यस्तै एन्टोनी ग्रीजम्यानलेमा रहदै उत्कृष्ट तीनमा पर्नबाट चुकेका छन्।  त्यस्तै मेसी भने पाचौ स्थानमा रहेका छन्। मेसीले यसअघि सन् २०११ र २०१५ मा गरी २ पटक यो उपाधि जितेका छन् । त्यस्तै पिएसजीका युवा खेलाडी किलियन एम्बप्पे छैठौ स्थानमा रहे। त्यस्तै म्यान्चेस्टर चितिका प्ले मेकर केभिन डे ब्रुने सातौ, रियल म्याड्रिडका राफेल भराने आठौ, चेल्सीका इडेन हजार्ड नवौ र रियल कै सर्जियो रामोस  रहेका छन्। 

गत सिजनमा मेसी, आन्द्रे इनेस्टा, फ्रान्क रिबेरी र रोनाल्डो अन्तिम मनोनयनमा थिए भने रोनाल्डोले यो उपाधि जितेका थिए।  रोनाल्डोले अहिलेसम्म २०१४, २०१६ र २०१७ गरि तीन पटक यो उपाधि जितेका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै