• २०८१ बैशाख १७ सोमबार

म्यानचेस्टर युनाइटेड ब्रिङ्गटनसँग पराजित

kharibot

काठमाडौँ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड ब्रिङ्गटनसँग पराजित भएको छ। गएराती ब्रिङ्गटनको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड ३-२ गोल अन्तरले पराजित भएको हो। पहिलो खेलमा जित हासिल गरेको युनाइटेड दोस्रो खेलमै लयमा देखिएको छैन। ब्रिङ्गटनले भने पहिलो खेलमा हार बेहोरेपनि दोस्रो खेलमा जित हासिल गरेको छ। 

ब्रिङ्गटनको जितमा ग्लेन मुर्रे, शेन डफी र पास्कल ग्रोबले ओल गरेका थिए भने युनाइटेडका लागि रोमेलु लुकाकु र पाउल पोग्वाले एक एक गोल गरेका थिए। ब्रिङ्गटनले पहिलो हाफमा नै तिनै गोल गरेको थियो। मुर्रेले खेलको २५औ मिनेटमा गोल गर्दै ब्रिङ्गटनलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको २७औ मिनेटमा नै डफीले गोल गर्दै ब्रिङ्गटनको अग्रता दोब्बर पारेका थिए।

त्यस्तै खेलको ४४औ मिनेटमा ग्रोबलेपेनाल्टी बाट गोल गर्दै ब्रिङ्गटनका लागि तेस्रो गोल गरेका थिए। युनाइटेडका लागि लुकाकुले ३४औ मिनेटमा एक गोल फर्काएका थिए भने खेलको अन्तिम मिनेटमा युनाइटेडले पाएको पेनाल्टीलाई पोग्वाले गोलमा परिणत गरेका थिए। 

यो जितसँगै ब्रिङ्गटनले म्यान्चेस्टर युनाइटेडविरुद्ध आफ्नो घरेलु मैदानमा ३६ बर्षपछि गत मे मा र अहिले अगस्टमा २ पटक जित हासिल गरेको छ। ब्रिङ्गटनले यसअघि मे मा १-० ले र सन् १९८२ मा युनाइटेडलाई १-० ले नै पराजित गरेको थियो। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै