• २०८१ बैशाख १४ शुक्रबार

म्यानचेस्टर सिटीको जितमा अग्युरोको ह्याट्रिक

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई पराजित गरेको छ।  सिटीले हडर्सफिल्ड टाउनलाई ६-१ गोल अन्तरले पराजित गरेको हो। 

सिटीको जितमा अर्जेन्टिनी खेलाडी सर्जियो अग्युरोले ह्याट्रिक गरेका थिए। अग्युरोको प्रिमियर लिगमा यो नवौ ह्याट्रिक हो। प्रिमियर लिगको इतिहासमा सबै  ह्याट्रिक गर्नेमा अग्युरो दोस्रो स्थानमा पुगेका छन्। प्रिमियर लिगमा एलन शिरेरले ११ ह्याट्रिक गरेका छन्। साथै अग्युरोले सिटीको घरेलु मैदानमा खेलेका पछिल्ला ८ खेलमा १३ गोल गरेका छन्। 

सिटीका लागि गाब्रियल जिसस र डेभिड सिल्भाले एक एक गोल गरेका थिए भने एक गोल हडर्सफिल्डका कोङ्गोलोले आत्मघाती गोल गरेका थिए। त्यस्तै हडर्सफिल्डका लागि एक गोल जोन गोरेक स्ट्यानकोभिकले गरेका थिए।

सिटीले जितसँगै यस सिजनमा खेलेका दुवै खेल जित्दै नयाँ सिजनको उत्कृष्ट सुरुवात गरेको छ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै