• २०८१ बैशाख १५ शनिबार

धार्मिक अभियन्ता भुबन गुरु राप्रपा प्रवेश 

kharibot

काठमाडौं । हिन्दु राष्ट्र नेपालको निमित्त शसक्त भुमिका खेल्ने उद्घोषका साथ धार्मिक अभियन्ता भुवन गुरु राप्रपा प्रबेश गरेका छन् । 

नब प्रबेशी धार्मिक अभियन्ता भुवन गुरुलाई राप्रपा अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरे । संगीत,प्रबचन ,सामाजिक र सास्कृतिक आदिको माध्यमबाट नेपाललाई हिन्दु राष्ट्र बनाउन आफुले सकेको भुमिका निर्बाह गर्ने बिचार ब्यक्त गरे । 

कमल थापाले लिएको बाटो सहि भएको भन्दै उनले नेपाललाई हिन्दु राष्ट्र बनाउन कमल थापाको नेतृत्व सफल हुने समेत बिश्वास ब्यक्त गरे । भुवन गुरुले नेपाल लगायत युरोपका जर्मनी,बेल्जियम,इटली,नर्बे लगायत विभिन्न देशमा प्रवचन दिसकेका छन् । 

अब उनले पार्टीको प्रबास बिभाग मार्फत बिश्वको विभिन्न स्थानमा रहेको नेपाली जमातलाई धार्मिक आस्थामा जोड्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका ३५ जना राप्रपा प्रवेश गरेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै