• २०८१ बैशाख १६ आइतबार

अमेरिकाले थप प्रतिबन्त्र लगाए टर्कीले प्रतिकार गर्ने

kharibot

इस्तानबुल, टर्की। अमेरिकाले टर्कीविरुद्ध थप प्रतिवन्ध लगाएमा यसको उचित जवाफ दिने टर्कीले शुक्रबार बताएको छ । अमेरिकी धर्मगुरुलाई टर्कीले पक्राउ गरी कैदी बनाएपछि अमेरिका र टर्कीबीचको कुटनीतिक सम्बन्धमा समस्या आएको छ । 

अमेरिकासँगको सम्बन्धमा समस्याका कारण हालैका दिनमा टर्कीको मुद्रामा भारी गिरावट देखिएको छ । टर्कीका व्यापारमन्त्री रूहसर पेक्कानलाई उद्धृत गरी टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्यूज एजेन्सीले भनेको छ, “हामीले विश्व ब्यापार संगठनको कानूनको परिधिमा रहेर यस पहिले नै अमेरिकालाई जवाफ दिइसकेका छौँ र यसलाई निरन्तरता दिनेछौँ ।” 

वासिङ्टनले अमेरिकी धर्मगुरुलाई रिहा नगर्दासम्म टर्की विरुद्ध थप प्रतिवन्धहरू लगाउने चेतावनी बिहीबार दिएको थियो । यसै चेतावनीको जवाफमा टर्कीका व्यापारमन्त्रीले अमेरिकाविरुद्ध उक्त चेतावनी दिएका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै