• २०८१ बैशाख १७ सोमबार

गुणस्तरीय शिक्षा सन्दर्भमा अन्तर्क्रिया सम्पन्न

kharibot

 काठमाडौं । समावेशी, न्यायोचित र गुणस्तरीय शिक्षा सन्दर्भमा सामुहिक छलफल सम्पन्न भएको छ ।   सन्तुलित शिक्षा सुनिश्चित गर्न सकिन्छ भन्ने सन्दर्भमा युनाइटेट वल्ड स्कुल्सले सोमबार सम्पदा गार्डेन रिर्सोटमा छलफल कार्यक्रम सम्पन्न गरेको हो । 

नेपालको सन्दर्भमा समावेशी गुणस्तरीय र न्यायोचित शिक्षा कसरी प्रदान गर्न सकिन्छ ? भन्ने विषयमा किङ्स कलेजका नरोत्तम अर्याल, कारखानाबाट पवित्रा गौतम र ब्लुन नेपाल स्कुलबाट राम कृष्ण रिजालको उपस्थितिमा अन्र्तक्रिया कार्यक्रम भएको थियो  । जसमा प्रश्न सोध्ने तथा मध्यथताको काम नाताशा काफ्लेले गरेकी थिइन । 

सबैले पढ्न पाउनु पर्याे, गुणस्तरिय शिक्षा हुनु पर्यो  भन्दै शिक्षाले केही गरी खान सक्ने उद्देश्य बोकेर निर्णय गर्न सक्ने मानव संसाधन बनाउनु पर्नेमा जोड नरोत्तम अर्याल दिए । मातृभाषामा शिक्षा पाउनु पर्ने, ग्रामीण क्षेत्रमा छोरीलाई पढाउने, पढाउनेले पनि थोरै मात्र पढाउने, जस्ता समस्या रहेको बताउदै अर्यालले सबै बच्चालाई एउटै प्रक्रियाबाट पढाउने पक्रिया पनि उपयोगी हुन नसक्ने बताए ।  १ कक्षा भर्ना हुने बच्चाको डाटा छ ड्रप आउट गर्ने करिव ३० प्रतिशतको सरकारसँग डाटा छैन । सामुदायीक स्कुल पनि समवेशी गुणस्तरीय छैन । सबैले समावेशी शिक्षा पाउनु पर्ने नरोत्तम बताउछन् ।   

कोही पनि पछि नपरुन भन्नको लागि समावेशी हुनु पर्यो, शिक्षामा समस्या देखेर केही गर्नु पर्छ भनेर लागेको पवित्र गौतम बताए । उनी भन्छन “ जुन पढाई स्कुलको भित्ताको भित्र हुन्छ,  त्यो तव मात्र ज्ञान हुन्छ जव प्रयोगमा आउछ”  । गौतमले भने गुणस्तरीय शिक्षालाई ज्ञान भन्दा ठुलो शिक्षा सीप हो भन्दै शिक्षालाई फ्याक्ट्रीको रुपमा विकास गरेको बताए  ।  परिवर्तन जरुरी छ र संभव पनि छ । गौतमले भने “राम्रो टिचर छ भने राम्रो संरचना भएको स्कुल चाइदैन । ” गौतम थप्छन् “नेपालमा हरेक बच्चाले स्तरीय शिक्षा पाउनु पर्यो । हरेक विद्यार्थीको आफ्नै युनिकनेश हुन्छ । परिक्षाको लागि मात्रै पढ्नु पर्छ भन्ने सोचमा परिवर्तन हुनु पर्छ । ”

 राम कृष्ण रिजाल भन्छन —“नेपामल सरकारले समावेशी गुणस्तरिय र न्यायोचित शिक्षा दिन सकेको छैन ।”तराईका र हिमाली भेगका ३० मिनेट भन्दा बढि हिडेर स्कुल पुग्नु पर्ने ठाँउका बच्चा स्कुलबाट अझै पनि बाहिर रहेका रिजाले बताए । अनिवार्य शिक्षाको कुरा आउदा पनि लैगिंक सहभागिता र आर्थिक पृष्टभुमीले गर्दा पनि न्यायोचित शिक्षा प्राप्त गर्न सकिरहेका छैनन् । र स्तरीय शिक्षा प्रदान गर्न नसक्नु नै ठुलो समस्याको रुपमा रहेको बताए । नेपाली आलोचनात्मक सोचाईमा कमजोर रहेको बताए ।  पहुच नहुनेलाई स्कुलमा सीप बाट तान्नु पर्ने बताए । रिजाल भन्छन —“ हरेक बच्चालाई एक शिक्षक चाहिन्छ , तर त्यो संभव छैन, तर कुन लेभलको बच्चा छ भन्ने कुरामा ध्यान दिनु पर्दछ ।”  

उक्त कार्यक्रममा फेलोहरुले आफ्नो अनुभवको चर्चा गरेका थिए । परिवारजनबाट टाढा भएर फेलोहरु दुरदराजका विद्यार्थीलाई गुणस्तरीय शिक्षाको लागि सक्रिय रहेका छन । कुन शिक्षण विधिबाट जादाँ ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा दिन सकिन्छ भनेर फेलोहरुले सक्रिय रुपमा गाँउमा गएर शिक्षकलाई सिकाउने, समस्या समाधान गर्न सक्ने बनाउने समाधानको बाटो खोज्ने गरेका छन् । टिचरको आवश्यकता, परम्परागत तरिकाकाट नभई नयाँ ढंग बाट अगाडि बढ्न पर्ने जस्ता कुराहरुमा फेलोहरु सचेत छन् ।  यसले फेलोहरुलाई नेतृत्व क्षमता बृद्धि गर्नुका साथै सञ्चार तथा जनसम्पर्कको क्षेत्रमा पनि बलियो बनाउने उनीहरुको अनुभव छ । 

१ वर्ष देखि काम गर्दै आएकी  जुना मानन्धर भन्छिन “जव बच्चाले पढ्न पनि नपाउने रछ भन्ने थाहा पाए अनि आफैलाइै केही त गर्नै पर्छ ”। 
त्यस्तै अर्की फेलो विनाता गुरुङले संखुवासभामा रहेको उनको पाँच जनाको समुहलाई हातका पाँच औंलासँग तुलना गरिन जो एक अर्काका परिपुरक हुन्छन् ।
फलोहरु विनता गुरुङ, विकेश देसार , जुना महर्जन निरुपा कडेँल, अमृत ढकाल रोशनी खत्री लगाायतले अनुभव प्रस्तुत गरे ।  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै