• २०८१ बैशाख १५ शनिबार

एसियन गेम्सको फुटबलमा नेपालले आज जापानको सामना गर्दै 

kharibot

काठमाडौँ।  इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज जापानसँग खेल्दै छ ।

नेपाली टिमले आज साँझ सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समय अनुसार पौने ६ बजे जापानसँग खेल्दै छ । एसियन गेम्सको समूह डीमा रहेको नेपालले दोस्रो खेल १६ अगस्टमा भियतनामसँग र १९ अगस्टमा पाकिस्तानसँग खेल्नेछ।

इन्डोनेसिया जानुअघि नेपाललले थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण लिएको थियो। थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको नेपालले दुबै खेलमा पराजित भएको थियो ।

एसियन गेम्सको औपचारिक उद्घाटन शनिबार हुने भएपनि फुटबलसहितका केही खेलहरू उद्घाटन अगावै सुरू भइसकेका छन्।

नेपाली टोलीको नेतृत्व गोल किपर किरण चेम्जोङले गर्दैछन्। अन्डर २३ को खेल भएकाले त्यो भन्दा बढी उमेरका ३ जना खेलाडी समावेश हुन् पाउने हुनाले नेपालबाट सिनियर टोलीका तीन खेलाडी चेम्जोङसहित मिडफिल्डरहरु रोहित चन्द र बिशाल राई टिममा रहेका छन् ।

यस अघि भएका एसियन गेम्सको फुटबलका तीन खेलमा नेपाल ठुलो अन्तरले पराजित भएको थियो। सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा पहिलो पटक जापानसँग खेलेको नेपालले ५–० गोल अन्तरमा पराजित भएको थियो। सन् १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा नेपाल जापानसँग ५ -० ले नै पराजित भएको थियो । पछिल्लो पटक सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा पनि नेपाल जापानसँग ४–० गोल अन्तरमा पराजित भएको थियो। तीन पटकमा १४ गोल खाएको नेपालले जापानमाथि अहिलेसम्म कुनै गोल गर्न सकेको छैन।

एसियन गेम्समा खेल्ने नेपाली फुटबल खेलाडीहरु :

१. अभिषेक रिजाल
२.आदित्य चौधरी
३. एलेन न्यौपाने
४. अनन्त तामाङ
५. अन्जन विष्ट
६. विमल घर्तीमगर
७. बिशाल राई
८. दिनेश राजवंशी
९. गौरव बुढाथोकी
१०. हेमन गुरुङ
११.हेमन्त थापामगर
१२. कमल श्रेष्ठ
१३. किरण चेम्जोङ (कप्तान)
१४. रोहित चन्द
१५. सोजित गुरुङ
१६. सुमन अर्याल
१७. सुमन लामा
१८. सुनिल बल
१९. तेज तामाङ
२०. छिरिङ गुरुङ

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै