काठमाडौँ। इङलिश प्रिमियर लिगमा चेल्सीले विजयी सुरुवात गरेको छ।
शनिबार भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ३-० ले पराजित गरेको छ। चेल्सीको जितमा एङ्गोलो कान्टे, जोर्गीन्हो र पेड्रोले गोल गरेका थिए।
खेलको ३४औ मिनेटमा कोन्टेले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ४५औ मिनेटमा जोर्गीन्होले पेनाल्टी मार्फत गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफमा २-० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा एक गोल थपेको थियो।
खेलको ८०औ मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाएका थिए। चेल्सीले जितसँगै महत्वपूर्ण तीन अंक हासिल गरेको छ।
चेल्सीका म्यानेजर मौरिजियो सारीको पहिलो प्रिमियर लिगको खेलमा जित हासिल गरेका छन् भने सारी प्रिमियर लिगको पहिलो खेलमा जित हासिल गर्ने चेल्सीका नवौ म्यानेजर बनेका छन्।