• २०८१ बैशाख १६ आइतबार

इङलिश प्रिमियर लिग सुरु, म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात

kharibot

काठमाडौँ।  यस सिजनको इङलिश प्रिमियर लिग सुरु  छ।  प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ।  गए राती भएको भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको छ। 

प्रिमियर लिगमा विजयी सुरुवात गर्दै युनाइटेडले तीन अंक बटुलेको छ। युनाइटेडका लागि पाउल पोग्वा र लुक शाले गोल गरे भने लेस्टरका लागि एक गोल जेम्स भार्डीले गरेका थिए।

पोग्वाले खेलको तेस्रो मिनेटमा पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। लेस्टरका डिफेन्डरले हातले बल रोकेपछि पाएको पेनाल्टीलाई पोग्वाले गोलमा परिणत गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो गोल खेलको ८३औ मिनेटमा लुक शाले माटाको असिस्टमा गरेका थिए।  शाको युनाइटेडका लागि यो पहिलो गोल हो। उनले युनाइटेडका लागि ६७औ खेलमा पहिलो गोल गरेका छन्। त्यस्तै लेस्टरका लागि भार्डीले इन्जुरी समयमा गोल गरेका थिए।  

यो जितसँगै युनाइटेडले लगातार चौथो बर्ष आफ्नो प्रिमियर लिगको पहिलो खेल जितेको छ। यस खेलमा कप्तान समेत रहेका पोग्वाले युनाइटेडका लागि गरेका ११ गोलमा सबै खेल युनाइटेडले जितेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै