नेपालले दोस्रो अभ्यास खेल खेल्दै

खरीबोट

काठमाडौँ /  एसियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फूटबल टोलीले आज त्यहाँको यू–२३ टोलसँग दोस्रो अभ्यास खेल खेल्दैछ।

थाइल्याण्डको यू–२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा खेल्ने अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो । 

बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले ३९ औँ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली विजयी भएको थियो । ‘एशियन गेम्स’ र साफ च्याम्पियनसिपको लागि नेपाली टोली १० दिने विशेष प्रशिक्षणका क्रममा थाइल्याण्डमा रहेको छ । 

यही साउन २९ देखि हुने एशियाली खेलकूदका लागि नेपाली टोली थाइल्याण्डको प्रशिक्षणपछि इण्डोनेसिया जानेछ । एशियाली खेलकूदको समूह डी मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग साउन २९ गते खेल्नेछ । दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूहचरणको अन्तिम खेल खेल्नेछ । प्रतियोगितामा २३ वर्षमुनिका खेलाडीसहित तीनजना वरिष्ठ खेलाडीहरु किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टोलीमा राखिएको छ । 

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, एलान न्यौपाने, सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन् । 

यस्तै मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अञ्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ र फरवार्डमा सुनिल बल, भरत खवास, सुमन लामा, विमल घर्ती मगर छन् । मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् । 
 

सम्बन्धित समाचार

नेपाली यू-२३ टिमको अभ्यास खेलमा दोस्रो हार

काठमाडौँ। ‘एशियन गेम्स’को तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली आज त्यहाँको यू–२३ टोलसँग ४–० ले पराजित भएको छ ।  शुक्रबार अपराह्न बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ४–०

नेपालले दोस्रो अभ्यास खेल खेल्दै

काठमाडौँ /  एसियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फूटबल टोलीले आज त्यहाँको यू–२३ टोलसँग दोस्रो अभ्यास खेल खेल्दैछ। थाइल्याण्डको यू–२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा खेल्ने अखिल नेपाल

नेपालद्वारा अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कमाथि फराकिलो जित 

काठमाडौँ।  लन्डन टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो अन्तिम अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ। इष्ट लन्डन शार्कविरुद्धको खेलमा नेपालले १३४ रनको जित हासिल गरेको छ।  नेपालले दिएको २५१

अन्तिम अभ्यास खेलमा पारस खड्काले हाने तुफानी अर्धशतक 

काठमाडौँ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले चौथो अभ्यास टि-२० खेलमा अर्धशतक हानेका छन्।   इष्ट लन्डन शार्कविरुद्धको खेलमा पारसले २२ बलमा आफ्नो तुफानी अर्धशतक हानेका छन् ।   नेपालले टस