• २०८१ बैशाख १६ आइतबार

पाकिस्तानी खेलाडीले पाए भारतीय भिसा, अभ्यास खेल तोकिएको समयमै हुने

kharibot

काठमाडौँ । अक्टोबर ५ देखि भारतमा शुरु हुने आइसीसी एकदिवसीय विश्वकप खेल्न भारत आउने पाकिस्तानी क्रिकेट टिमले भिसा पाएका छन् ।

यसअघि पाकिस्तानी खेलाडीले भिसा नपाएका कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आईसीसीसँग पत्र लेख्दै व्यक्त गरेको थियो ।

पछिल्लो मिडिया रिपोर्टका अनुसार पाकिस्तानी खेलाडीले भिसा पाइसकेको आइसीसीले स्पष्ट गरेको क्रिकइन्फोले उल्लेख गरेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सेप्टेम्बर २९ मा हैदरावादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा पाकिस्तानको न्यूजिल्याण्डसँग हुने अभ्यास खेल यस अघि तोकिए अनुसार नै सुरक्षाका कारणले दर्शक बिना हुने जानकारी दिएको छ ।    

मिडिया रिपोर्टका अनुसार पीसीबीले भिसा ढिलाईका कारण टिमलाई विश्वकपको तयारीमा ठूलो प्रभाव परेको र विश्वकप अघि दुबईमा आयोजना गर्ने भनिएको क्लोज क्याम स्थगित भएको आइसीसीलाई बताएको थियो । 

पाकिस्तानले विश्वकपमा आफ्नो पहिलो खेल अक्टोबर ६ मा नेदरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

मिडिया रिपोर्टका अनुसार भारतीय गृह मन्त्रालयले एनओसी नदिएको कारण भिसा प्रक्रियामा ढिलाई भएको बताइएको थियो ।

पाकिस्तानले पछिल्लो पटक सन् २०१६ मा टी–२० विश्वकपका लागि भारत भ्रमण गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै