• २०८१ बैशाख १६ आइतबार

भारत र इङल्याण्डबीचको अभ्यास खेल बर्षाले स्थगित

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट शुरु हुनु अघि आज खेलिने तय भएका अभ्यास खेलमा बर्षा बाधक बनेको छ । 

आज भारत र इङल्याण्डबीच हुने अभ्यास खेल बर्षाका कारण नहुने भएको छ ।  भारतको गुहाटी स्टेडियममा खेल्न लागिएको यो खेल लगातारको बर्षापछि स्थगित भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ । 

त्यसैगरी गरि आजै खेल्ने तालिका रहेको अस्ट्रेलिया र नेदरल्याण्डसबीचको अभ्यास खेल पनि बर्षाका कारण अहिलेसम्म शुरु हुन सकेको छैन ।  यो खेल तिरुवान्थपुरममा हुदै छ । 

यसअघि शुक्रबार पनि अफगानिस्तान र दक्षिण अफ्रीकाबीचको अभ्यास खेल बर्षाले हुन सकेको थिएन । 
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै