काठमाडौँ। बार्सिलोनाका प्लेमेकर फिलिप कोटिन्होले बार्सिलोनामा ७ नम्बरको जर्सी पाएका छन्।
हाल ७ नम्बर जर्सी लगाइरहेका आरडा टुरानले बार्सिलोना छोडेपछि उनले लगायेको ७ नम्बर जर्सी कोटिन्होले पाएका हुन्। उनले बार्सिलोनामा १४ नम्बरको जर्सी लगाइरहेका थिए भने गत जनवरीमा बार्सिलोना आउनु अघि कोटिन्होले लिभरपुलमा १० नम्बरको जर्सी लगाउने गरेका थिए।
बार्सिलोनामा ७ नम्बरको जर्सी यसअघि पोर्चुगलका लुइस फिगो, स्पेनका डेभिड भिल्ला, हेनरिक लारसनले ७ नम्बर जर्सी लगाएर बार्सिलोनाका लागि खेलेका थिए।
गत जनवरीमा बार्सिलोना गएका कोटिन्होले २२ खेल खेलेर अहिलेसम्म १० गोल गरेका छन्। बार्सिलोनामा सन् १९९५/९६ सिजन देखि जर्सी नम्बर फिक्स गर्ने गरिएको थियो।
बार्सिलोनामा सन् १९९५ देखी २००० सम्म लुइस फिगोले ७ नम्बर जर्सी लगाएका थिए। त्यस्तै २००० देखि २००१ सम्म अल्फ़ोन्सो पेरेजले लगाएका थिए। त्यस्तै जाभियर सभिओलाले २००१ देखि २००४ सम्म लगाएका थिए।
त्यस्तै २००४ देखि २००६ सम्म हेनरिक लारसनले ७ नम्बर जर्सी लगाएका थिए। त्यस्तै २००६ देखि २०१० सम्म इडुर गुडजोनसन, २०१० देखि २०१३ सम्म डेभिड भिल्ला, २०१३ देखि २०१५ सम्म पेड्रो र २०१५ देखि २०१८ सम्म आरडा टुरानले ७ नम्बर जर्सी लगाएका थिए।