• २०८१ बैशाख १७ सोमबार

विद्या सुन्दरले भने,'जनताको अपेक्षाअनुसार काम गर्न सकिन', यस्तो छ सयदिनको कार्यप्रगति (पूर्णविवरण)

kharibot

तस्बिर : खरीबोट

काठमाडौँ । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले कार्यभार सम्हालेको बिहीबार सय दिन पुगेको छ। सोही अवसरमारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलन गरेर सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा मेयर शाक्यले निर्वाचनको समयमा गरिएका प्रतिबद्धता अनुरुप नै कामभइरहेको दाबी गरेका छन् ।

मेयर शाक्यले महानगरलाई भ्रष्टाचार मुक्त बनाउन प्रत्येक वडा कार्यालयमा सिसी क्यामेरा जडानको काम समेत भइरहेको दाबी गरेका छन् ।

मेयर शाक्यले पत्रकारलाई सम्बोधन गर्दै सडक व्यवस्थापन, ठूला सवारीको संख्या वृद्धि, सार्वजनिक बगैँचाको व्यवस्थापन, वृक्षारोपण, फोहोर व्यवस्थापन, जेष्ठ नागरिका मुद्दाको सम्बोधन, अपांगतामैत्री सडक र भवन निर्माण, फोहोरबाट विजुली निकाल्नेलगायतका प्रतिबद्धताको काम भइरहेको उल्लेख गरेका छन्।

सम्बोधनको अन्तिमा मेयर शाक्यले जनताको अपेक्षा अनुसार आफूले विभिन्न कारणले काम गर्न नसकेको भने स्वीकार गरेका छन् । उनले सरकारले स्थानीय तहलाई कानुनी रुपमा सम्पन्न बनाए पनि कार्यान्वयनमा जटिलता आएको समेत उल्लेख गरेका छन् ।

मेयर शाक्यले प्रस्तुत गरेको सय दिनको कामको पूर्ण विवरण :

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै