काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपचारको लागि सिंगापुर जाने भएका छन् । आज दिउँसो साढे एक बजे काँग्रेस नेतृ एवं पत्नी आरजु राणासहित देउवा सिंगापुर जान लागेका हुन् ।
यस अघि नै सिंगापुर जाने तयारी भए पनि गोविन्द केसीको अनसन चलिरहेका कारण देउवाले भ्रमण स्थगित गरेका थिए । ‘पेटको समस्याको उपचार गराउन सभापति सिंगापुर जान लागेको बताइएको छ।
सिंगापुरस्थित माउन्ट एलिजावेथ हस्पिटलमा देउवाको उपचार गर्ने भएका छन् । यस अघि पनि सोही अस्पतालमा देउवाले उपचार गराएका थिए ।