काठमाडौँ। एक ६ बर्षका बच्चाले युट्युबबाट करोडौ कमाएर सबैलाई आश्चर्यमा पारेका छन्। रियान नामका यी बच्च ले पछिल्लो बर्षमात्र युट्युबमा एक करोड डलर कमाई गरेका थिए। पछिल्लो बर्ष यो बच्चा धेरै कमाई गर्नेको सुचिमा अठौ नम्बरमा थिए।
उनले बजारमा उपलब्ध बच्चाहरुका खेलौनाहरुको रिभ्यु दिने गर्दछन। उनको रिभ्यु हेरेपछि बच्चाहरुले सो खेलौना किन्ने गरेको र उनको भिडियो करोडौले हेर्ने गरेका छन्। रियानले ३ नै खेलौनाको रिभ्यु सुरु गरेको र उनले खेलौनाका स-साना विषय पनि भनिदिने हुनाले अन्य बच्चाहरुलाई खेलेऔन किन्न सजिलो भएको बताइएको छ। उनले युट्युबमा ६ वटा च्यानलबाट आफ्नो भिडियो अपलोड गर्ने गरेका छन्।
हाललाई उनको उमेरलाई ध्यान दिएर उनको असली नाम र ठेगाना भने गोप्य राखिएको छ । अब रियानले विश्वको नम्बर एक स्टोर वालमार्टसँग मिलेर आफ्नै नामका खेलौना बजारमा ल्याउने तयारी गरेका छन्। उनको नामका खेलौना सुरुमा वालमार्टका २५ सय भन्दा स्टोरमा र अनलाइन किन्न सकिने बताइएको छ।