• २०८१ बैशाख २९ शनिबार

एनआईसी एशिया बैंकद्वारा क्यूआर कोड भुक्तानी सेवा सुरु

kharibot

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले क्यूआर कोडमार्फत भुक्तानी आइतबारबाट संचालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ्ग, मोबाइल बैङ्किङ्ग एप प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकले क्यूआर कोड मार्फतभुक्तानी गर्नको लागि मर्चेन्टले मोबाइल बैंक मर्चेन्ट एपबाट रिक्वेस्ट पेमेन्ट विकल्प प्रयोग गरि क्यूआर कोड जेनेरेट गर्ने र ग्राहकले आफ्नो मोबाइल बैंक प्रयोग गरि सोहि क्यूआर कोडमा मो पेको विकप्ल प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

त्यस्तै मर्चेन्टले भुक्तानी काउण्टरमा क्यूआर कोड भएको स्टिकर पनि राख्न सकिने जसलाई ग्राहकले मो पेको विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंक यो सेवा नेपालमा सुरु गर्ने पहिलो बैंक हुनुको साथ—साथै यो सेवाबाट व्यवसायीतथाग्राहकमहानुभावहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ । यो सेवा प्रयोग गर्नको लागि ग्राहकसँग स्मार्ट फोन उपलब्ध हुनुपर्ने र उक्त स्मार्ट फोन प्रयोग गरि ग्राहकले सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । बैंकको मोबाइल बैंकिङ्ग मोबैंक सेवा गुगल प्ले वा प्ले स्टोरमा अथवा बैंकको वेबसाइटबाट सजिलै डाउनलोड गर्न सकिने बैंकले जानकारी दिएको छ । 
बैंकलाई हाल मुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. १७४ अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १४९ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको बैंकले जनाएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै