काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिरा परेपछि उडान र अवतरण बन्द भएको छ । अहिले मर्मतको टोलीले काम सुरु गरेको छ ।
एक घन्टापछि धावनमार्ग सञ्चालनमा आउने विमानस्थल कार्यालका प्रवक्ता प्रमनाथ ठाकुरले जानकारी दिएका छन् । अहिले बिदेशबाट आएका जहाज आकाशमै होल्ड छन् । आन्तरिक केही उडान भने अन्त्यत्रै पठाइएको छ ।
ओभरसुट' गरेपछि आकाशमा ६ फन्काभन्दा धेरै घुमेको जहाज भर्खरै अवतरण भएको छ । विमानस्थलबाट हुने नियमित उडान पनि रोकिएको छ ।