काठमाडौं। प्रतिपक्षी दल नेपाली काँग्रेसले अहिले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ। बढ्दो महङ्गी र सरकारको सर्वसत्तावादी शैलीको विरोध गर्न भन्दै काँग्रेसले विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंमा पनि कांग्रेसले रत्नपार्कमा विरोध प्रदर्शन गरेको छ । शान्ति बाटिकाबाट दिउँसो साढे २ बजे शुरु भएको प्रदर्शन असन, इन्द्रचोक, विशालबजार, न्युरोड हुँदै पुन: शान्तिबाटिकामा आएर कोणसभामा परिणत भएको छ ।