• २०८१ बैशाख १४ शुक्रबार

‘कुटुमा कुटु’ पछि पहिलो पटक निश्चल र स्वस्तिमा 'नाच फिरिरी' मा, भिडियो सार्वजनिक

kharibot

काठमाडौँ।  रियल जीवनका जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का फेरी एक पटक एउटा भिडियोमा सँगै आएका छन्।  

यस अघि फिल्म दुई रुपैयाको गीत ‘कुटुमा कुटु’ मा देखिएको यो जोडी फेरी 'नाच फिरिरी' मा आएको छ।  ‘कुटुमा कुटु’ को भिडियो रिलिज भएको एक वर्षमा युट्यूबमा सात करोड भन्दा धेरै पटक हेरिसकिएको छ ।

जी ट्वेन्टी वानले निर्माण गरेको ‘नाच फिरिरी’मा यो जोडीलाई फिचर गरिएको छ जसको आधिकारिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । जी ट्वेन्टी वानकै युट्यूब च्यानलबाट गीतको भिडियोलाई सार्वजनिक गरिएको छ ।

निश्चल बस्नेतको निर्देशनमा तयार भएको यस भिडियोमा निश्चल र स्वस्तीमासँगै क्रिस्टल क्लाउड र कलाकार प्रकाश घिमिरेलाई पनि रहेका छन् ।

महेश काफ्ले र मेलिना राईको आवाज रहेको यस गीतमा महेश काफ्लेको शब्द र संगीत रहेको छ । शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायाकंन रहेको यस भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै