• २०८१ बैशाख १५ शनिबार

नाईं नभन्नू ल - ५ को पहिलो गीत सार्वजनिक 

kharibot

काठमाडौँ ।  नेपाली फिल्ममा अहिलसम्म कै लामो सिक्वेल बनेको फिल्म ‘नाईं नभन्नू ल’ को पाँचौं सिक्वेल फिल्मको  सार्वजनिक भएको छ । 

मंगलबार सार्वजनिक गरिएको गीतमा मेलिना राईको स्वर रहेको छ । दिनेश थपलियाको शब्द रहेको छ भने संगीत बसन्त सापकोटाले दिएका छन्।  गीतमा अभिनेत्री स्वास्तिमा खड्का र अभिनेता अभिषेक नेपाल फ़िचरिङमा रहेकी छन्।  

फिल्ममा बाल कलाकार अनुभव रेग्मी र नव-बाल कलाकार सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र नव-अभिनेता अभिषेक नेपाल, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

गीत :

आगमी भदौ ८ गते रिलिज हुने भनिएको यस फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । निर्देशक विकास आचार्यले सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमली ड्रामा फिल्म रहेको बताए । 

वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान  र विष्णुमणी दाहाल रहेका छन् । फिल्मका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । 

बाल कलाकार अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत 'नाईँ नभन्नू ल' शृंखलाका विशेषता रहँदै आएका छन् । पाँचौं शृंखलामा पनि ती तीन कुरा नछुटेको निर्देशक आचार्य बताउँछन् । फिल्मले यसपाली इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको छ ।

ट्रेलर :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै