• २०८१ बैशाख १५ शनिबार

पूर्वराष्ट्रपति यादवले डा.केसीलाई भेटे 

kharibot

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । 

डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उनको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराए । पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गरेका थिए । 

जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन शुरु गरेका डा.केसीलाई गत बिहीबार सरकारले काठमाडौँ ल्याएको थियो । पन्ध्रौँ पटक अनशन बसेका डा केसीसँग सरकारले वार्ताको कुनै पहल गरेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै