• २०८१ बैशाख २७ बिहीबार

सभापति देउवाले गरे विदेश भ्रमण स्थगित

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ७ दिने विदेश भ्रमण स्थगित गरेका छन् ।

सभापति देउवाले आजै सिंगापुरका लागि उड्ने कार्यक्रम स्थगित गरेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 

विज्ञप्तिमा अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण सभापतिले भ्रमण स्थगित गरेको उल्लेख गरिएको छ ।

चिकित्सा शिक्षा अध्यादेशलाई कानूनी रूप दिन माग गर्दै अनसन बसिरहेका डाक्टर केसीसँग सरकारले वार्ता समेत नगरेको, केसीलाई लिएर नागरिक समाज आन्दोलित भैरहेका कारण भ्रमण स्थगित गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै