• २०८१ बैशाख १४ शुक्रबार

डा. केसीका माग पुरा नगरे देशमा आगो बल्छ - पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

kharibot

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डाक्टर गोविन्द केसीले राखेका चिकित्सा सुधारका माग पूरा नभए देशमा आगो बल्ने चेतावनी दिएकी छन् ।

डाक्टर केसीको समर्थनमा शनिबार माइतीघरबाट बानेश्वरसम्मको प्रदर्शनमा सहभागी भएपछि आयोजित कोणसभामा बोल्दै कार्कीले डाक्टर केसीलाई राजनीतिक रङ लगाउने चेष्टा नगर्न पनि आग्रह गरिन्।

‘यो सामाजिक आन्दोलन हो, राजनीतिक होइन। सरकारले जनताले भनेको मान्नुपर्छ मानेन भने सरकार अनपपुलर हुन्छ’ उनले भनिन्, ’डाक्टर केसीका माग पूरा भएन भने देशमा आगो बल्छ।’

उनले भनिन्,  'डा गोविन्द केसीलाई कोरामिन दिएर भएपनि बचाउनुपर्छ, त्यो सरकारको धर्म हो । अहिले जुन सरकार आयो, यो सरकारको र प्रतिपक्षको पनि अस्ति भएको चुनावमा जनतालाई स्वास्थ्य र शिक्षा सर्वसुलभ गराउने भन्ने घोषणापत्र थियो । त्यस्तो बचन राखेर उनीहरुले चुनाव जितेका थिए ।'

कार्कीले- डाक्टर केसीले त्यही माग्नुभएको हो, गरीबलाई शिक्षा देऊ । स्वास्थ्यमा सुलभ गराउ भनेर मागेको हो, उनको माग सबैको माग हो । अहिलेको सरकारले यसलाई बुझपचाएर नबुझेको जस्तो गरेपनि आम जनताले बुझेका छन् । जनता त्यो पक्षमा छ । त्यसैले म सरकारसँग के अनुरोध गर्दछु भने डाक्टर केसी र डाक्टर केसीका समर्थक कुनै दलका कार्यकर्ता होइनन् ।' बताइन् ।

दुर्गा पर्साइको बारेमा कार्कीले भनिन्- 'चारवटा ठेकेदारलाई मोटो बनाएर देश बन्छ रु त्यो व्यक्ति (दुर्गा प्रसाईँ) लाई अस्ति मैले यूट्युवमा हेरेँ, केपी ओली मेरो हजुरवाउ भन्छ, कहिले काका भन्छ । घोर बेइज्जती गरिँरैछ ओलीजीको तैपनि उहाँहरु मौन हुनुहुन्छ । मैले मार्सी भात ख्वाकै हो भन्छ, थालमा ख्वाकै हो भन्छ । यो त लाजमान्नुपर्ने कुरा हो, त्यसैकारण म धेरै लामो बोल्दिन, मेरो भनाई यति नै हो यो आम जनता सडकमा त्यतिकै आएको हैन ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै