काठमाडौँ । इटालियन क्लब युभेन्टसले आउदो सिजनका सबै टिकट एक घण्टा मै बेचेको छ । रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई भित्राएको युभेन्टसले रोनाल्डोलाई भित्राएको फाइदा उठाउन थालेको छ ।
क्लबले आउदो सिजन सुरु हुन् तिन साता अघि नै सिजनका सबै खेलको टिकट बेचेको हो । मिडिया रिपोर्टका अनुसार युभेन्टसले औसतमा ३० प्रतिशत टिकटको मुल्य बढाएर बेचेको बताइएको छ ।
विहिबार टिकट खोलेको एक घण्टामा नै सबै टिकट बिक्रि भएको क्लबले जानकारी दिएको छ । क्लबले ९५ प्रतिशत टिकट गतबर्ष टिकट लिएका दर्शकले नै आफ्नो टिकट नवीकरण गरेको र बाँकी टिकट एक घण्टा भित्र नै बिक्रि भएको जनाएको छ ।
दर्शकहरुले क्लबले टिकटको मुल्य बढाएको भन्दै असन्तुष्टि व्यक्त गरेपनि रोनाल्डो आएपछि आफ्नो गुनासोका बाबजुत टिकट नवीकरण गरेको बताइएको छ । क्लबले अब यस सिजनमा घरेलु खेलका कुनै पनि टिकट बिक्रिका लागि उपलब्ध नभएको बताएको छ ।