• २०८१ बैशाख १४ शुक्रबार

डा.गोविन्द केसी शिक्षण अस्पताल महाराजगन्जमा  

kharibot

काठमाडौँ । डा.गोविन्द केसीलाई काठमाडौँ ल्याइपुर्याइएको छ । 

नेपाली सेनाको हेलिकप्टर राजधानीको टुँडिखेलमा अवतरण भएसँगै उनलाई नेपाली सेनाको एम्बुलेन्समा राखेर शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको छ ।

डा. केसीलाई लिन महासेनानी सागरबहादुर थापा नेतृत्वको मेडिकल टिम गएको थियो भने टुँडिखेलमा पनि उपकरणसहित सेनाको मेडिकल टिमले उनलाई महाराजगन्ज पुर्याएको थियो ।

डा. केसीलाई ७ बजेर १५ मिनेट जाँदा शिक्षण अस्पताल महाराजगंज पुर्याइएको थियो ।

यसअघि डा. केसीलाई जुम्लाबाट बिहान देखिकै रस्साकस्सिका बीच काठमाडौँ ल्याइएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.केसीका समर्थक  र प्रहरीबीच झडप समेत भएको थियो ।

प्रहरीले अस्पताल परिसर भित्र पसेर अन्धाधुन्ध लाठी प्रहार गरेको थियो भने घटनामा विद्यार्थी तथा सर्वसाधारण घाइते भएका थिए । घटनामा एक प्रहरी गम्भीर घाइते भएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै