• २०८१ बैशाख २९ शनिबार

आन्दोलनको चपेटामा बिरामी : वीर अस्पतालमा ओपिडी टिकट काटियो तर उपचार भएन  

kharibot

काठमाडौँ । सरकारले डाक्टर गोबिन्द केसीको माग सम्बोधन नगरेको भन्दै आज नेपाल चिकित्सक संघले गरेको बन्दको कारण वीर अस्पतालमा उपचारका लागि आएका बिरामीहरु आक्रोसित बनेका छन्  ।

रोगबाट  पिडीत भएको समयमा उपचार गर्न छोडे्र डाक्टर आन्दोलनमा उत्रेपछि आफुहरु ठूलो समस्यामा परेको बिरामीहरुले बताएका छन्  । खरीबोटसँग  कुरा गदै वीर अस्पतालमा भेटिएकी धादिङ्की अम्बिका श्रेष्ठ बच्चा बिरामी भएको कारण आजै चेकअप गराउन आएको भन्दै  अस्पताल बन्द भएको कारण ठूलो समस्यामा परेको बताईन्  । सेवा गर्न छोडेर डाक्टर आफै आन्दोलनमा गर्नु राम्रो हैन् उनले भनिन् ।

त्यस्तै, बालाजु नेपालटारबाट आमाको उपचार गराउन आएका गणेश केसी ९ दिन यतादेखी नियमित अस्पाताल धाएको भएता पनी डाक्टर तथा अस्पतालले कुनै वास्ता नगरेको र सुविधा समेत नपाएको  बताउँछन्, , “ आज बिहानदेखी लाईन बसेको टिकट समेत पाईन् ,तल गए माथि र माथि गए तल जा भन्छन  , ६६ वर्षिय आमाको पित्तथैलीको शल्यक्रिया छिटै गर्नु भनेको छ, अस्पतालको ताल यस्तो छ, लाग्छ यो अस्पतालको चालादेख्दा अदालतको तारिख धाए जस्तो लाग्छ उनले भने  ।”

छातीको उपचार गर्न काभ्रे नबबुद्धबाट आएका सिवप्रसाद पाठकको गुनासो त्यस्तैछ, ७० वर्षिय पाठक महङ्गो राजधानीमा बस्न साह्यै कठिन भएको बताउँदै स्वास्थ्य क्षेत्रमा भएको राजनीति नगर्न आग्रह गरेका छन्, विरामीको सेवा गर्न छोडेर आन्दोलन गर्नु राम्रो हैन् उनले भने ।

बिरामीलाई किन ढाँटियो ?

नेपाल चिकित्सक संघले गरेको बन्दको कारण बिरामीहरु आक्रोसित बनेका छन् । स्वास्थ्यसेवा बन्द नगर्न आग्रह गदै वीर  अस्पतालका बिरामीहरुले आज अस्पताल क्षेत्रमा नै नारावाजी गरेका थिए । 

नेपालको सबै भन्दा पुरानो अस्पताल वीर अस्पतालमा नेपाल चिकित्सक संघले ओपिडी सेवा बन्द गरेका छन्  । बिहानदेखि ओपिडी बन्द गरेको भएता टिकट काट्नेको घुइचो लागेपछि मध्यान्न केहि समय ओपिडी खोलीएको थियो, तर ओपिडीबाट टिकट काटेर माथि पठाएको भएता पनि ओपिडी खुल्ला थिएन्, जसले गर्दा बिरामीहरु झन आक्रोसित भएका छन् । ओपिडी खुल्यो माथि जानुस् भनेर किन ढाटियो ? बिरामीको प्रश्न । 

गंगालालबाट रिफर गरेर श्रीमानको उपचार गर्न बिहान ६ बजे वीर अस्पताल आएकी चितवनकी प्रमिसा चेपाङ्ग टाढाबाट उपचरको लागि आएको हुनाले महङ्गो राजधानीको होटलमा खर्च धेरै त  भएको नै छ, तर अस्पतालले गरेको ब्यवहारबाट आफै धेरै पिडामा रहेको बताउँछिन्, बन्द नै हो भने बन्द छ भने भै हाल्यो नी तल र माथि जा भन्दै कति दुख दिनु उनले भनीन्  । 

यो महङ्गो राजधानीमा बाहिरबाट आएकाहरु बस्न साँच्चै सहज छैन्  । बिरामी भनिरहेका छन् , सरकार र गोबिन्द  केसीबीच के हुदै छ हामीलाई मतलव भएन् तर बिरामीले सहि समयमा उपचार पाउनु पर्छ ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय