• २०८१ बैशाख १७ सोमबार

एनआइसी एसिया बैंकद्वारा शेयर धितो कर्जा पुन: शुरु

kharibot

काठमाडौँ । एनआइसी एसिया बैंकले शेयर धितो कर्जा पुन: शुरु गरेको छ ।

ग्राहकहरुले अत्याधिक रुचाएको बैंकको लोकप्रीय कर्जा योजना शेयर धितो कर्जा बैंकले पुनः शुरु गरेको जानकारी गराएको छ । 

सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ कार्यदिन मै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले शेयर धितो कर्जा पुनः शुरु गरेको हो । 

बैंकको सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुनेछ ।  यस कर्जा अन्तर्गत गाहकहरुले न्यूनतम रु २५ लाखदेखि अधिकतम रु १० करोडसम्म आफूसँग रहेको शेयर धितोमा राखी कर्जा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक शेयर धितो राखी शेयर धितो कर्जा उपलब्ध गराईने बैंकले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै