• २०८१ बैशाख १५ शनिबार

राष्ट्र बैंक रिपोर्ट : पछिल्लो ११ महिनामा १० खर्ब ३३ अर्ब रुपैयाँको व्यापार घाटा 

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुु आर्थिक बर्षको पछिल्लो ११ महिनाको मुुलुकको आर्थिक अवस्था सम्वन्धी प्रतिवेदन सार्वजनिक गर्दे व्यापार घाटा बढेको जानकारी दिएको छ । 

राष्ट्र बैंकका अनुसार चालुु आवको ११ महिनामा कुल वस्तु व्यापार घाटा २४ दसमलव छ प्रतिशतले विस्तार भई १० खर्ब ३३ अर्ब चार करोडm रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात छ दसमलव सात प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा सात दसमलव पाँच प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा कुल वस्तु आयात २३ दसमलव पाँच प्रतिशतले बढेर ११ खर्ब सात अर्ब ३५ करोड रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३० दसमलव नौ प्रतिशतले बढेको थियो ।  आर्थिक वर्ष २०७४—०७५ को एघार महिनासम्ममा कुल वस्तु निर्यात १० दसमलव चार प्रतिशतले वृद्धि भई ७४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ दसमलव तीन प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ आठ दसमलव सात प्रतिशत, चीनतर्फ ९१ दसममलव छ प्रतिशत र अन्य मुलुकतर्फ आठ दसमलव एक प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलैची, पोलिष्टर यार्न, जुटको बोरा, धागो, जस्तापाता लगायतका वस्तुको निर्यात बढेको छ भने जि.आई पाईप, जुटको रस्सी, जुस, उनी गलैँचा, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २५ प्रतिशत, चीनबाट भएको आयात २५ दसमलव तीन प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८ दसमलव एक प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, एम.एस. विलेट, सिमेन्ट, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ्क ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगंज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको निर्यातमा वृद्धि भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 

वस्तुहरुको मूल्य बढेको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएकोे हो 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै